तेक्वान्दो प्रतियोगिता शुरु

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १४:०९
तस्बिर–गुगल

भीमदत्तनगर, १४ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको राससले जनाएको छ ।

प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गर्नुभएको हो ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो । “खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडी बढाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*