ट्याक्टरबाट ओर्लदा चक्काले किचेर मृत्यू

तु खबर संवाददाता
२०७४ पुष ५, बुधबार १०:४३

झापा, ५ पुस । झापाको दमक नगरपालिका–३ ताराबारी स्थित मावाखोला नजिक खोलाबाट बालुवा लोड गरी ल्याउने क्रममा ट्याक्करको चक्काले किचेर एक जनाको ज्यान गएको छ ।

मे.१ त ९१९४ नम्बरको ट्याक्टरमा काम गर्ने मोरङको उर्लाबारी नगरपालिका राजगढ बस्ने ३६ बर्षीय बुद्ध सतार मंगलबार ट्याक्टरबाट झर्ने क्रममा पछाडीको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात ट्याक्टर चालक फरार भएका छन् । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*