मोटरसाईकल चालकको मृत्यू, पैदलयात्री अस्पतालमा

झापा, ३ पुस । झापाको विर्तामोड नगरपालिका–२ मा मे.४ प २८१५ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका वडा नम्बर २ चरपाने बस्ने २६ बर्षीय बासुदेव अधिकारीको सोमबार मृत्यू भएको छ ।
उक्त स्थानमा पैदल यात्रा गरिरहेका भारत सितामणी घर भएका १८ बर्षीय मोहमद मेबुलाई ठक्कर दिई मोटरसाइकल अनियन्त्रित भएको थियो । सोही समयमा विपरीत दिशाबाट आईरहेको मे.१ च ५२५१ नम्बरको सेन्ट्रो कारले मोटरसाइकललाई ठक्कर दिँदा अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
कारले ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि विएण्डसी अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका मोहमदलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोडमा पठाइएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।