समानुपातिकको मतगणना सकियो, कुन दलको कति मत ?

मकवानपुर, २ पुस । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणना सकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतका आधारमा ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ भने ३१ लाख २८ हजार ३८९ मत सहित नेपाली काँग्रेस दोस्रो दल बनको पछ । यो मत एमालेको भन्दा ४५ हजार १०५ मत कम हो । त्यस्तै नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।
त्यस्तै राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएको पाएको छ ।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् । कुल खसेका मत मध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको जनाइएको छ ।
मतमा आयोग केन्द्रीय कार्यालयको टिमले भेरिफाइ गर्ने कार्य भइरहेको छ । जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री भइरहेको र केही दिनमा निर्वाचन आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउनेछ ।