हेटौँडालाई प्रदेश राजधानी बनाउन ईन्द्र बानियाँको माग

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार १८:५८

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्नुपर्ने भन्दै पूर्व गृहराज्यमन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँलेसरकारसँग माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन् । क्षेत्रिय बन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यालय, नेपाली सेनाको प्रदेश कार्यलयसहित अधिकांश कार्यालयको क्षेत्रीय कार्यालय हेटौँडामा नै भएको बताउँदै उनले प्रदेश राजधानी हेटौँडा उपयुक्त हुने दाबी गरे ।

उनले देशको राजधानीमा प्रदेशको राजधानीलाई थप्नु उपयुक्त नहुने बताउँदै विकेन्द्रिकरणको सिद्धान्त अनुसार पनि प्र्रदेश राजधानी हेटौंडालाई नै बनाउनुपर्नेमा जोड दिए । चुनावको बेलामा नाराको साहारालाई लिएर प्रदेशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहिन भएको भन्दै नेता बानियाँले हेटौडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरुसँग छलफल भईरहेको समेत जानकारी दिए ।

नेता बानियाँले आफूले यसअघि नै गृहराज्यमन्त्री, पर्यटन मन्त्रालयको जिम्मेवारी वहन गरिसकेको अनुभव भएकाले नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले आफुलाई नै छनोट गर्ने विश्वास भएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*