साथीले बोकेको बन्दुक पड्केर मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार १२:५३

सिन्धुपाल्चोक, २९ मंसिर । साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।
विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न जाने क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेशको पेटमा लागेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

घाइते दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो । प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने फरार रहेका पासाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*