निर्वाचित प्रतिनिधिहरु फापरबारीमा

मकवानपुर, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भइ निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।
बिहीबार मकवानपुरको बाग्मती गाउँपालिकाको फापरबारीमा र्याली सहितको विजय सभा भएको छ । क्षेत्र न.ं १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् ।
उनीहरुले क्षेत्र न.ं १ का नागरिकसँग जोडिएर दुःख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । सभामा बाग्मती गाउँपालिका प्रमुख सर्केश घलान, नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक) लगायतको आतिथ्यता रहेको थियो ।