कान्तिपुरको आईडलको उत्कृष्ट १२ को दौडमा मकवानपुरका राजु तामाङ

चन्द्र घलान
तु खबर संवाददाता
२०७४ मंसिर २८, बिहीबार ०९:१०

मकवानपुर, २८ मंसिर । मकवानपुरका राजु घलान (तामाङ) कान्तिपुर आईडलको उत्कृष्ट २० मा छनौट भएसँगै अहिले उत्कृष्ट १२ मा पुग्न कसरत छन् ।

उत्कृष्ट १२ मा पुग्नका लागि भोटिङ राउण्डमा पार गर्नुपर्ने भएकोले उनी अहिले भोट माग्नमा व्यस्त छन् । तु खबरसँगको कुराकानीमा उनले भने–‘जजहरुको नजरमा राम्रो गाएको भनेर प्रशंसा पाएको छु, तर भोटिङका आधारमा छनौट गरिन हुँदा छनौट हुन्छु कि हुन्न थाहा छैन । ’ उनले भने । ‘तर दर्शकहरुले मलाई KIL 14 टाईप गरी ३३००१ मा एसएमएस गरी दिनुभयो भने म छनौटमा पर्ने ठूलो सम्भावना छ ।’

भोटिङ यहि मंसिर २९ गते शुक्रबार साँझ ५ बजेसम्म खुला रहने उनले बताए । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारका तामाङ कान्तिपुर आईडलमा मंसिर १६ गते भएको प्रतिस्पर्धाबाट गायन तर्फको उत्कृष्ट २० मा छनौट भएका थिए । उनले कान्तिपुर आईडलको मञ्चमा विभिन्न चर्चित गीतहरुमा प्रस्तुति दिइसकेका छन् ।

कान्तिपुर आईडल खुला गायन तथा नृत्य प्रतियोगिता हो । आईडलको प्रसारण माउन्टेन टेलिभिजनबाट भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*