मेयर र कार्यकारी अधिकृतको सात्तो लिदै वडा अध्यक्षले चावि थुतेपछि …..

बलराम पुडाशैनी
तु खबर संवाददाता
२०७४ मंसिर २६, मंगलवार १४:२९

बारा / बारामा एक जना वडा अध्यक्षले मेयर र कार्यकारी अधिकृतको कामको बिषयलाई लिएर सात्तो लिएका छन् । जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल र कार्यकारी अधिकृत कृष्णप्रसाद उप्रेतिले जथाभावि टिपर र जेसिवि प्रयोग गरेको भन्दै वडा अध्यक्षले दुवैको सात्तो लिएका हुन् । टिपर र जेसिवि परिचालन समितिका संयोजक समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले मेयर र कार्यकारी कै सामु चावि थुतेका हुन् । कार्यपालिकाको बैठकले आफुलाई संयोजक तोकेपनि आफुलाई जानकारी नै नगराई मेयर र कार्यकारी अधिकृतले जथाभावि टिपर र जेसिवि प्रयोग गर्न थालेपछि आफुले चावि थुतेको वडा अध्यक्ष चौधरीले तु खबरलाई जानकारी दिनुभयो । कार्यपालिका बैठकले चौधरीको संयोजकत्वमा ५ सदस्यि परिचालन समिति गठन गरेको थियो । वडा अध्यक्ष चौधरीले बोर्ड बैठक बसेर मात्र कहा कुन तरिकाले टिपर र जेसिवि परिचालन गर्ने भन्ने बिषयमा टुंगो लगाउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*