त्रिभुवन राजपथ दिनभर अवरुद्ध
मकवानपुर, मंसिर २५ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा ट्रिपर विग्रदा दिनभर सडक अबरुद्ध भएको छ । आज विहान करिब ५ बजेको समयमा टिपरको टायरमा समस्या आई सडकमा नै विग्रीएपछि बाटो दिनभर नै अवरुद्ध भएको हो ।
छेउको भागमा ट्रिपर विग्रिएर बसेकोले भित्ताको साईडबाट सवारी आवत जावत गर्ने प्रयास हुँदा भित्तामा पनि ना ५ ख ८२४९ नम्बरको सवारी फसेपछि करिब दिनभर नै सडक अवरुद्ध भएको हो । विरजंगबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना २ ख ८१९२ नम्बरको गाडीको टायर पंचर भइ सडकमै बिग्रेको थियो । स्थानिय ब्यक्ति, नेपाल प्रहरी, शशस्त्र प्रहरी र म्यादी प्रहरीको सहयोगमा करिब ६ घण्टा पछि एकतर्फि बाटो सञ्चालनमा आएको छ ।
टायर पंचर भएको ट्रक भने अझै पनि सडकको छेउमा नै रोकिएको छ, उक्त ट्रकमा मर्मतको कार्य सकिए पछि मात्र दुइ तर्फि बाटो सञ्चालन हुने इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ ।
