नवलपरासीमा कोइराला र कण्डेल विजयी
नवलपरासी, २५ मंसिर प्रतिनिधिसभा सदस्यतर्फ
नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।
उनकाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बनेका छन् ।
उनकाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका थिए ।
