मकवानपुरमा कमल थापा २ सयभन्दा बढी मतले अघि, कृष्ण दाहाल पछाडि (हेर्नुहोस् ताजा मतपरिणाम)

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को २ हजार ७ सय १६ मतगणना भएको छ । यो मतगणनासम्म आईपुग्दा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण दाहाललाई २२२ मतले पछाडि पार्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं उपप्रधान तथा उर्जा मन्त्री कमल थापा अग्रपंङ्क्तीमा देखिएका छन् ।
थापाले १ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी दाहालले १ हजार १ सय १६ मत प्राप्त गरेका छन् ।
अन्य मत विवरण यस्तो छ–
कमल थापा (राप्रपा)–१३३८
कृष्णप्रसाद दाहाल (वाम गठबन्धन)–११६
विवेकशिल साझा–५५
नेकपा माले–५३
संघीय समाजवादी –८
मादल चुनाव चिन्ह–१
गिलास चुनाव चिन्ह–१
गोलाकारभित्रको हलो चुनाव चिन्ह–१