मकवानपुर २ को (ख) मा कुमारी मोक्तान झण्डै दोब्बर मतले अगाडि

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १७:१०

मकवानपुर, २२ मंसिर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तान झण्डै दोब्बर मतले अगाडि भएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले नेपाली काँग्रेसका यतिराज सापकोटालाई ५ सय ८३ मतले पछाडि पारेकी छिन् ।

यो समचार तयार पार्दासम्म मोक्तानको १ हजार १ सय ७८ मत र सापकोटाको ५ सय ९५ मत रहेको छ ।

मकवानपुर क्षेत्र नम्बर २ को (ख) मा ३ हजार २ सय ६० मतदाता रहेकोमा १ हजार ९ सय ८६ मत मात्र खसेको जानकारी दिइएको मतदानस्थलमा रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले जानकारी दिए । अहिलेसम्म १ सय ९ मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*