मकवानपुर १ को ख मा अशोक र डोरमणिको कडा टक्कर, प्रतिभा पनि पछिपछि

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ मा १ हजार २ सय ४६ मतगणना भएको छ । हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले दिएको जानकारी अनुसार अहिले नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर १ को ख का प्रदेशसभा सदस्य उम्मेदवार डोरमणि पौडेललाई २४ मतले पछाडि पार्दै नेपाली काँग्रेसका अशोक शाक्य अग्रपंङ्क्तिमा छन् ।
शाक्यले ५ सय ७१ मत प्राप्त गरेका छन् भने पौडेलले ५ सय ४७ मत प्राप्त गरेका छन् । त्यस्तै विवेकशिल साझाकी उम्मेदवार प्रतिभा डंगोलले ३१ मत प्राप्त गरेकी छिन् ।