दाङ क्षेत्र नम्बर ३ मा २६ किरियापुत्रीबाट मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १७:१५

तुलसीपुर, दाङ, २१ मंसिर । आज भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा(एमाले) दाङका उपाध्यक्षसमेत रहेका हुकुमबहादुर बस्नेतसहित उनको घरमा किरिया बसेका आठ जनाले मतदान गरेको राससले जनाएको छ ।

सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उनको सात जनाको परिवारले मतदान गरेका छन् । उनीहरु आफ्नी आमाको किरिया बसेका थिए । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बसेका उनका परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*