१०२ वर्षीय वृद्धबाट मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १२:५४

पोखरा, २१ मंसिर । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्धले मतदान गरेका छन् । त्यस मतदान केन्द्रबाट वृद्ध वामदेव सापकोटाले मतदान गरेको राससले जनाएको छ ।

त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गरेकी छिन् ।

कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*