मतदान गर्न जाने क्रममा मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १२:४७

डोटी, २१ मंसिर । डोटी जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।

दमको रोगी रहेकी पूर्वी चौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको राससले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*