अम्बे सिमेन्ट प्रा.लिको इजाजत रद्द

तु खबर संवाददाता
२०७४ मंसिर १९,मंगलवार १९:४२

काठमाडौँ, १९ मंसिर : नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रा.लि पर्साको इजाजत रद्द गरेको छ ।

प्रा.लिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिएको राससले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*