भेनेजुयलाको सरकार र विपक्षी दलबीचको वार्ता बिफल, छलफल जारी रहने
कारकास, १७ मङसिर । भेनेजुयलाको सरकार र यहाँको विपक्षी राजनीतिक दलबीचको वार्ता सहमतिमा पुग्न असफल भएको समाचार छ ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई पक्षीय छलफललाई भने जारी राख्ने सहमती भएको वार्ताका सहभागीहरुले बताएका छन् ।
दुवै पक्षलाई एकै ठाँउमा वार्ताको टेबलमा राख्न पहल गर्नुभएका डोमिनिया रिपब्लीकका राष्ट्रपति डोनिलो मेडिनाले कुनै निश्कर्ष विना बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँले उनीहरुको अर्को बैठक यही डिसेम्बर १५ तारिखका दिन गर्ने तय भएको पनि बताउनु भयो ।
“बार्ताका लागि हामीले यही डिसेम्बर १५ का दिन अर्को नयाँ बैठक गर्ने तय गरेका छौं, बैठक सान्तो
डोमिङगोमा हुने भएको छ, त्यो बैठकबाट अन्तिम सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ ।” मेडिनाले पत्रकारहरुसँग भन्नुभयो ।
उहाँले सहमती गरेर अगाडि बढ्नका लागि दुवै पक्षबाट सकारात्मक र महत्वपूर्ण प्रगती भएको पनि बताउनुभयो ।
सन् १०१३ मा राष्ट्रपति निकोलस माडुरोले प्रमुख विपक्षी राजनीतिक दललाई पराजित गरेदेखि सरकार र प्रतिपक्षी पार्टीकाबीचमा भेनेजुयलामा शक्ति संघर्ष चलिरहेको छ ।
दुई पक्षबीचको संघर्षका कारण भेनेजुयलामा राजनीतिक गतिरोध उत्पन्न भएको छ भने आर्थिक संकट गहिरिदै गएको छ ।
विपक्षीहरुले सरकार विरोधी प्रदर्शन गरिरहँदा सरकारले दवाउने प्रयास पनि गरेको थियो । तर आन्दोलनले हिंसात्मक रुप भने लिएको छैन । –(रासस/सिन्ह्वा)
