नारायणगोपाल स्मृति सम्मानबाट गायक रसाइली सम्मानित हुने

काठमाडौँ, १७ मंसिर । यस वर्षको नारायणगोपाल स्मृति सम्मानबाट वरिष्ठ संगीतकार एवं गायक सिके रसाइली सम्मानित हुने भएका छन् । नारायणगोपाल संगीत कोषले प्रदान गर्दै आईरहेको सम्मानबाट रसाइलीलाई सम्मान गर्न लागिएको हो ।
रसाइलीलई स्वर सम्राट नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा यही मंसिर १९ गते सम्मान प्रदान गरिनेछ । उक्त सम्मानको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यसै समारोहमा माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने भएको छ ।