मकवानपुरे व्यवसायीलाई कर शिक्षा

हेटौँडा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा मकवानपुरमा विभिन्न व्यवसाय संचालन गर्दैै आएका व्यवसायीहरुलाई करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा राजश्व कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत रामप्रकाश मण्डलले व्यवसायीहरुलाई वर्तमान समयमा सरकारले निर्धारण गरेको करको बिषयमा जानकारी दिएका थिए । कर अधिकृत मण्डलले नियमानुसार समयमै कर भुक्तान गरेमा व्यवसायीहरुले पाउने छुटका बारेमा समेत चर्चा गरेका थिए । कर शिक्षा कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले न्युनविजकीकरणलाई आन्तरिक राजश्व कार्यालयले गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए ।
संघका महासचिव महेन्द्र राउतले सञ्चालन गरेको सो कार्यक्रममा अडिटर एशोसियसनका राजेन्द्र ढुङ्गाना, घर बहाल कर महासंघका केन्द्रीय सदस्य नारायण प्रसाद कँडेल, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्य, व्यवसायी लगायतको सहभागिता रहेको थियो । छैठौं राष्ट्रिय कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम गरिएको हो ।