शरिर तथा हात काटिएको अवस्थामा महिलाको शव फेला

राजविराज, ५ मंसिर । सप्तरी जिल्लाको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा एक महिला विभत्स हत्या गरिएको अवस्थामा मृत फेला परेकी छिन् । उनको हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको प्रहरीले जनाएको छ ।
त्यहाँस्थित एक झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा मंगलबार शव फेला परेको हो । अन्दाजी ३०–३५ वर्षकी ती महिलाको अहिले सम्म सनाखत हुन सकेको छैन ।