मुगाबेलाई महाअभियोग लगाइँदै

तु खबर संवाददाता
२०७४ मंसिर ५, मंगलवार १३:१९
तस्बिर–गुगल

हरारे, ५ मङसिर । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ ।

आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उहाँलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ ।

उहाँको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ ।

सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर सो समय सकिइसकेको छ, उहाँले राजिनामा दिनुभएको छैन ।

सोही कारण नै उहाँलाई महाभियोग लगाउने तयारी गरिएको उक्त पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् ।-(रासस/एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*