सिन्धुलीबाट विप्लवका ३ कार्यकर्ता पक्राउ

सिन्धुली, ४ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी, हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरीले जनाएको छ ।
आसन्न चुनावमा वातावरण शान्तमय बनाउन उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट कुनै अप्रिय घटना नहोस् र निर्वाचन विथोल्ने कार्यमा उनीहरु प्रयोग नहोउन् भन्ने उदेश्यले उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।