केशबराज बानियाँ भन्छन् : जनताको पिरमर्का राम्ररी बुझेको छु

तु खबर संवाददाता
२०७४ मंसिर ४, सोमबार १०:४७

केशबराज बानियाँले आफ्नो जीवनको आधा समय निजामति, शिक्षक सेवामा बिताए । जिल्लामा थुप्रै सरकारी कार्यालयमा प्रमुखको हैसियतमा काम गरेका उनी आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा मा स्वतन्त्र उम्मेदवार छन् । बानियाँ अहिले चुनाव चिन्ह गुलावको फुल लिएर चुनावी मैदानमा छन् ।
मकवानपुरको हर्नामाडाीमा २०१४ सालमा जन्मिएका बनियाँको औपचारिक शिक्षा स्नातकसम्म छ । बुबा भीमबहादुर बानियाँ र आमा गीता बानियाँका जेठा छोराको रुपमा बानियाँले मकवानपुरमा निजामति सेवामा असल छवी बनाएका थिए ।
जिल्ला विकास समिति अन्तर्गत गाविस सचिव, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत, डिभिजन सहकारी, संचार केन्द्रजस्ता सरकारी कार्यालयमा कार्य अनुभवव सम्हालेका छन् ।
सामाजिक काममा पनि बानियाँको उत्तिकै लगाव थियो । रेडक्रस, साझा सहकारी सस्था, बन समितिहरुमा पनि बानियाँको योगदान छ । संचार केन्द्रमा रहँदा त्यसलाई सस्थागत विकास गरी क्षेत्रीय स्तरको कार्यालय खडा गरेको, डिभिजन सहकारीमा रहँदा त्यसको भौतिक पूर्वाधारमा पनि बानियाँले दिलोज्यान दिएर काम गरेका थिए ।
बानियाँले अन्याय, अत्याचारका विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् । लामो समय जनताको दुख मर्का आफूले बुझ्ने मौका पाएकोले त्यसै अनुरुप खानेपानी, शिक्षा, स्वास्थ्य, संचार जस्ता क्षेत्रमा जनताको सहज पहुँच स्थापित गर्नका लागि आफू लागिपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*