ठूला दलको विकृति विरुद्ध मेरो उम्मेदवारी–मैनाली

हेटौँडा, ४ मंसिर । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले चुनावी विकृतिको अन्त्य र आफ्नो क्षेत्रको विकासका लागि नयाँ शक्ति पार्टी अपरिहार्य रहेको बताएका छन् ।
चुनावी अभियानकाक्रममा आईतबार हेटाँैडा ४ का विभिन्न स्थान , भैरव रोड लगायतका स्थानहरुमा घरदैलो गर्दै मैनालीले ठूला दलहरुले आर्थिक र पाखुराको प्रयोग गरी चुनावलाई विकृतितर्फ लगिरहेको भन्दै यसको विरुद्ध उम्मेदवारी भएको बताए ।
उनले आफु थाहा दर्शनका प्ररणेता रुपचन्द्र विष्टको दर्शन र आर्दशबाट प्रेरित रहेको भन्दै प्रत्यक्ष मतदातामाझ पुगी मत मागरिरहेको बताए । उनले युवा शक्तिलाई सही मार्गमा अघि बढाउन पनि विकिृतिरहित निर्वाचन आवश्यक रहेको जिकिर गर्दै आफ्नो विजयले मकवानपुरमा विकृतिको अन्त्य र विकासमा ठूलो फड्को मार्ने दाबी गरे । सबैका लागि आफ्नै पालामा समृद्धि सम्भव रहेको दाबी गर्दै उनले अव आर्थिक विकासका लागि आफुसंग ठोस योजना र रणनीति रहेको बताए ।
दक्ष तथा शिक्षित युवालाई स्वदेशमै रोवजगारीको अवसर सिर्जना गरि स्वावलन्बन बनाउने प्रतिबद्धता उनले गरेका छन् । साथै हेटाँैडामा उनले समाजमा अवसरबाट बन्चित महिलालाई शिक्षित, स्वावलम्बन र आत्मनिर्भर बनाउन प्रयत्न गर्ने उनको दाबी छ । आफु विगत २० वर्ष देखि निरन्तर विभिन्न सामाजिक संङसंस्थाहरुमा रहेर समाजिक काम गरेको भन्दै मैनालीले आफुले विजयी हासिल गरेको खण्डमा युवा रोजगार तथा उत्पादनमुखी बनाउने प्रतिवद्धता ब्यक्त गरे ।हेटाँैडामा एउटा मेडिकल कलेजको तत्काल आवश्यकता रहेको भन्दै मैनालीले ब्यवसायिक शिक्षा र प्राविधिक शिक्षालय – सिटिभिटि कलेज , तथा ईन्जिनियर र मेकानिकल ईन्जिनियरिङ कलेज निर्माण गर्न आफुले पहल मात्रै नभई निर्माण गरिछाड्ने दृढता ब्यक्त गरे ।
शिक्षित बेरोजगार युवाहरुलाई ३ लाख सम्म निब्र्याजी ऋण सहायता उपलब्ध गराई रोजगारमुलक कार्यमा अग्रसर गराउनमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै मैनालीले प्रदेश सरकार निर्माण भएसँगै राज्यद्धारा रोजगारी उपलब्ध हुन नसकेसम्म सुरुको ५ वर्षको लागि शैक्षिक बेरोजगार भत्ता उपलब्ध गराउन पहल गर्ने बताए । वातावरण संरक्षणको अभियान संचालन गरी सुन्दर , हराभरा र वातावरणमैत्रि सुविधासम्पन्न सुन्दर शहरको परिकल्पना रहेको बताए । असाहय गरिब तथा घरपरिवारबाट तिरस्किृत वृद्धवृद्धाहरुलाई स्वास्थ्य सेवा सहितको आवासगृहमा आश्रय दिनका लागि योजना सहित आफँैले निजि जग्गा ब्यवस्थापन गरिसकेको बताए ।
कालोधन र भ्रष्टचारको पूर्णरुपमा अन्त गर्दै आर्थिक सुशासन कायम गर्न प्रभावकारी कदम चाल्ने उनको भनाई छ । राज्य संरचनामा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी भएमा ५ वर्षसम्म स्थिर सरकार हुने भएकाले विकास निर्माणका कामले गति लिने भएको धारणा उनले व्यक्त गरे । हाम्रोलाई भन्दा राम्रोलाई मतदान गर्न समेत मैनालीले आग्रह समेत गरेका छन् ।