प्रचण्ड पुत्र प्रकाशको हृदयघातका कारण निधन

तु खबर संवाददाता
२०७४ मंसिर ३, आईतवार ०९:२०

काठमाडौँ, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दहालको आज बिहान हृदयघातको कारण निधन भएको छ ।
बिहान हृदयघातका कारण अचेत अवस्थामा उनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमा दहालको निधन भएको हो ।
दहालको निधन भएपछि अहिले माओवादी समर्थक तथा पत्रकारहरु थापाथलीस्थित अस्पतालमा जम्मा भएको पत्रकार नवराज न्यौपानेले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*