मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ ।
जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो ।
राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन ९जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन०ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो ।
ठूलो सङ्ख्यामा प्रदर्शनमा भएको सङ्ख्याले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ ।
प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मसगाबे वंशलाई मान्दैनौँ’ लगायतका नारा लगाउँदै चीसो मौसमको प्रवाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगान समेत गरेका थिए ।
सडक प्रदर्शनमा ठूलो सङ्ख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागीता रहेको थियो ।
सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट ९जेडएएन्यू–पिएफ० ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।
जेडएएन्यू–पिएफले यदि ९३ बर्षीय नेताले पदबाट हट्न अस्वीकार गरेमा उहाँलाई दलले फिर्ता बोलाउने बताएको छ ।
जेडएएन्यू–पिएफको १० वटै प्रान्तले मसगाबेको राजिनामा माग्ने बिषयमा सहमति जनाएका छन् । उक्त दलले राष्ट्रपति मसगाबेले गत हप्ता बर्खास्त गरेका पूर्व उपराष्ट्रपति एमरसन माङगाग्वाको पुनर्वहालीका लागिसमेत राष्ट्रपतिलाई दवाव दिएको छ । सत्ताधारी दलले पछिल्लो राजनीतिक घटनाक्रमबारे सेनाले शासनसत्ता हातमा लिएको दुई दिन भित्रै केन्द्रिय समितिको बैठक बोलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजनाबारे छलफल गरेको थियो ।
सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए ।