पाकिस्तानी सुरक्षा कारबाहीमा आतङ्कवादी कमाण्डरको मृत्यु
इश्लामावाद, पाकिस्तान, १ मङ्सिर (रासस/सिन्ह्वा) / पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ ।
बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा सम्लग्न रहेको भनिएका बिएलएफको उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका क्रममा शुक्रबार मारिएका सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयद्वारा जारी वब्तव्यमा जनाइएको छ ।
ताउकालीको सेनासँगको दोहोरो भीडन्तका क्रममा मृत्युभएको सेनाले जनाएको छ ।
बिएलएफलाई बालोचिस्तानमा सुरक्षाकर्मी, राजनीतिक नेता तथा सञ्चारकर्मीमाथि गरिएका आक्रमण गर्ने सक्रिय प्रतिबन्धित समूह हो ।
–––
