मकवानपुरमा विकास गरेर राजनीतिबाट रिटायर्ड हुने थापाको चाहाना

तु खबर संवाददाता
२०७४ मंसिर १, शुक्रबार ०५:१२
फाईल फोटो

मकवानपुर, १ मंसिर । आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले एकपटक मकवानपुरवासीको जनमत लिएर जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड लिन चाहेको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनको हेटौंडा–४ कर्रामा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्दै थापाले आफुले ५ दशकको राजनितिक यात्रामा कहिले भ्रष्टाचार र कुनै गलत काम नगरेको समेत दाबी गरे । त्यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर१ ख का उम्मेदवार अशोक शाक्यले वाम गठबन्धनले मकवानपुरमा विकासको नाममा सिन्को नभाँचेको बताए ।
कोणसभा वडा नम्बर ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*