लोकतान्त्रिक गठबन्धनले जिते मकवानपुरको मुहार फेरिने दाबी

मकवानपुर, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी मकवानपुरको मुहार फेरिने दाबी गरेकी छिन् ।
बुधबार कैलाश गाउँपालिकाको १० नम्बर वडास्थित भाल्टारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि आफु सहित बानियाँलाई प्रदेशसभाको लागि २ नम्बर क्षेत्रमा ल्याइएको बताइन् । साथै उनले नामटारलाई गाँजा उन्मुलन गर्दै कृषि क्षेत्रमा विकासको लागि योजना बनाएको बताईन । त्यसैगरी क्षेत्र नम्बर २ को २ (ख) को प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति ईन्द्र बानियाँले काँग्रेसले बिश्वासघात नगर्ने दाबी गरे ।