कमल थापाको दबाबले काम गरेको होईन–विद्यूत प्राधिकरण

तु खबर संवाददाता
२०७४ कार्तिक २९, बुधबार १०:५५

मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको दबावले मकवानपुरको बाग्मती गाउँपालिकास्थित राईगाउँमा विद्यूतको कार्य नगरिएको नेपाल विद्यूत प्राधिकरण हेटौँडा हेटौँडा वितरण केन्द्रले जनाएको छ ।
राईगाउँमा विजुली पुर्याउनका लागि थापाले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेको भन्ने समाचार सही नभएको केन्द्रका प्रमुख सन्दिप श्रेष्ठले जनाएका छन् ।
प्राधिकरणले कानुन बमोजिम टेण्डर भई काम सुरु गरिएकोले कसैको दबावमा या कसैलाई फाईदा हुने गरी काम नगरिएको प्रष्ट पारेका छन् । जेठमा टेण्डर भएको भए पनि हालसम्म यसरी द्रुत गतिमा किन काम नभएको भनि तु खबरले सोधेको प्रश्नमा उनले आफु आएदेखि ३ महिनाअघिदेखि कामलाई तिब्रता दिएको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*