हिमराईट्समा सामुदायिक अंकपत्रको विधि अभ्यास

तु खबर संवाददाता
२०७४ कार्तिक २९, बुधबार ०३:४९

मकवानपुर, २९ कात्तिक । मकवानपुर जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको हिमराईट्स नामक गैर सरकारी संस्थामा सामुदायिक अंकपत्रको विधि अभ्यास गराइएको छ । नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका गैससहरुमा यस विधि अभ्यास भइरहेको सन्दर्भमा मंगलबार हिमराईट्समा यो विधि अभ्यास भएको हो ।
हिमराईट्स मकवानपुरकी शाखा कार्यक्रम संयोजक कुमारी वाईबाको अध्यक्षतामा सञ्चालित अंकपत्रको अभ्यासमा हिमराईट्सले सञ्चालन गरेको निगरानी समूहका संयोजक, युवा सहभागिता कार्यक्रमका लाभग्राही र युवा सेवा समाज (युसेस) अन्तर्गत महिला स्वास्थ्य स्वयम् सेविका समूहका प्रतिनिधिहरु उपस्थित थिए । सहभागीहरुलाई समुह बनाई सञ्चालन गरिएको अभ्यासमा साप नेपालका सामाजिक जवाफदेहिता र पैरवी संयोजक जनक कार्कीले सहजीकरण गर्नुभयो । कार्यक्रममा हिमराइट्स मकवानपुरले हालसम्म लागु गरेको संस्थागत अभ्यास, संस्थाको नीति नियम, वित्तिय नियमावली, पदाधिकारी तथा सदस्यहरुको क्रियाशीलता जस्ता विषयको मूल्यांकलन गरी अंक दिईएको थियो ।
यस विधि मार्फत यसअघि मकवानपुरका दलित महिला संघ, राडो नेपाल, माईती नेपाल, नारी सीप सृजना केन्द्र, एकल महिला संघ लगायत संस्थाको आन्तरिक सुशासन मूल्यांकन गरिएको र क्रमबद्ध रुपमा यहाँका ३० वटा संस्थाको मूल्यांकन गरिने साप नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत रुक्मणी कार्कीले जानकारी दिए । जिल्ला समन्वय समिति र गैर सरकारी संस्था महासंघका प्रतिनिधिहरुको सुझाव तथा विभिन्न प्रतिवेदन अध्ययनको आधारमा फरक–फरक (महिला, खानेपानी तथा सरसफाई, चेपाङ, दलित महिला, अपाङ्गता भएका व्यक्तिहरुको संस्था, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था जस्ता)क्षेत्रमा काम गर्ने ३० वटा संस्था मूल्यांकनका लागि छनोटमा परेको बताइएको छ । यस्ता अभ्यासबाट संस्थाहरुको मूल्यांकन हुनुका साथै यस क्रममा भएको सिकाईले संस्थाको आन्तरिक सुशासनमा बृद्धि हुनुका साथै संस्थागत विकासमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको हिमराईट्सका जिल्ला शाखा कार्यक्रम संयोजक कुमारी वाईबाले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*