खुकुरी प्रहारबाट मकवानपुरमा एकको मृत्यु

मकवानपुर, २८ कात्तिक । मनहरी गाउँपालिका वडा नं. ७ मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको समाचार छ ।
सोही ठाउँ बस्ने सुमन बराइलीले खुकुरी हाल्दा सिताराम धिताल नाम गरेका ब्यक्तिको मृत्यु भएको हो । घटनामा घाइते भएका अन्य दुई जनाको चितवन तर्फ उपचारका लागि लगिएको छ । ढिलो गरी प्राप्त समाचारमा के कारणले घटना भयो खुल्न सकेको छैन ।
घाइते हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय सुजन धिताल, करीव ६५ बर्षका जीतबहादुर ब्लोन रहेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।