‘फुर्के’ को फष्ट लुक सार्वजनिक

तु खबर संवाददाता
२०७४ कार्तिक २८, मंगलवार १२:५४

काठमाडौं –भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । प्रस्तुतकर्ता एम.बी राउतले सामाजिक सञ्जाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।
फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । यसको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।


दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्तका साथै एस जोडी अजय ,सुदिपको प्रमुख अभिनय रहेको छ ।
देबेन्द्र खड्का र मन बहादुर राउत निर्माता रहेको चलचित्रका सह–निर्माता कल्पना मरहठ्ठा शाही, आषिस ऐर र प्रकाश श्रेष्ठ रहेका छन्, भने कार्यकारी निर्माता बखत बिष्ट हुन् ।
नबिन पन्तको लेखन, बासु बरालको छायाँकन, सिर्जन बरालको नृत्य, रोशन बुढथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको चलचित्र १२ माघबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको वितरण सुनिल मानन्धरले गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*