‘लिटिल मिस क्विन २०१७’मा नेपालकी बिशेषता 

तु खबर संवाददाता
२०७४ कार्तिक २८, मंगलवार १२:४५

काठमाडौं – ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने भएकी छन् । ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगीताको उनी नै नेपालको पहिलो सहभागी
हुन् ।

यस अगाडि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी बिषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस ट्यालेन्ट उपाधी’ नेपाल भित्र्याउन सफल भएकी थिइन् । ‘चाइल्ड आइकन २०१७’की बिजेता समेत रहेकी बुढाथोकीले विस्वको मोडलिङमा आफ्नो स्थान बनाउने उदेश्यले प्रतियोगीतामा भाग लिन लागेको
बताइन् ।

राजधानीमै रहेको जोन डेवे स्कुल कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकीलाई इप्लानेट नेपालले प्रतियोगीतामा पठाउन लागेको हो । ४१ देशका बाल सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा बुढाथोकीले डिजाइनर उत्तम बनेपालीले तयार पारेका बिभिन्न कल्चरल ड्रेस समेत प्रस्तुत गर्नेछिन् । कोरियोग्राफर रोजिन शाक्यको आकर्षक ग्रुमिङ क्लास सहित बिषेशता कार्यक्रम सहभागी हुन लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*