मकवानपुरमा ट्रिपर र मोटरसाईकल ठोक्किदा २ जना गम्भीर घाईते

तु खबर संवाददाता
२०७४ कार्तिक २८, मंगलवार १०:१४

हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् ।
मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना.३३ प. ८६४७ नम्बरको मोटरसाईकल विपरित दिशातर्फबाट जाँदै गरेको ना.७ ख.४८०९ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार चालक चितवनको गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र सोही मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिक गम्भिर घाईते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार गम्भिर घाईते भएका दुबै जनाको अवस्था निकै नाजुक रहेको छ । उनीहरुलाई बचाउन समेत निकै नै कठिन अवस्था भएको जानकारी हस्पिटलबाट प्राप्त भएको उनले बताए । ट्रिपर नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको डिएसपी झाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*