२५ मिटरभित्रको संरचना हटाउन सडकले फेरि निकाल्यो सूचना

तु खबर संवाददाता
२०७४ कार्तिक २७, सोमबार ०८:४८

मकवानपुर, २७ कात्तिक । डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले फेरि सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना निकालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा घर हटरा हटाउन भन्दै डिभिजन सडकले सूचना निकालेको हो ।
सूचनामा डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँका संरचना यथासक्के छिटो हटाउन भनिएको छ । नहटाएदेखि सडक ऐन बमोजिम भइजाने कुरा पनि सूचनामा लेखिएको छ ।
यसअघि पनि डिभिजन सडक कार्यालय सडकको दायाँबायाँको २५÷२५ मिटर भत्काउन थालेको थियो । तर, यसबारे अदालतमा मुद्धा परेपछि रोकिएको थियो । सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले नियमित प्रकृया अनुसार सूचना जारी भएको बताए । सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने काम सडकको कार्यक्षेत्रभित्रको काम भएको भन्दै अदालतमा मुद्धा रहेका कारण रोकिएको उनको भनाई छ । तर, यि दुबै राजमार्गको दायाँबायाँ फेरी संरचनाहरु निर्माण हुन थालेपछि यो सूचना आएको सडक कार्यालयको भनाइछ ।
यसअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडाको सडक विस्तार गरेमात्र हेटौंडाको भविश्य उज्जवल हुने भन्दै सडक फराकिलो पार्ने अभियानलाई तिब्रता दिएका थिए । तर, बीचमा उनको सरुवा भएपछि र २५ मिटरका सम्बन्धमा अदालतमा मुद्धा परेपछि सडक फराकिलो पार्ने काम रोकिएको थियो । यसैबीच, सरकारले हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा गरेपछि हेटौंडाका सडक र संरचनाबारे बहस चुलिएको छ । यही बीचमा डिभिजन सडकले जारी गरेको यो सूचना औपचारिकताका लागि मात्र हो कि साँच्चिकै काम गर्न हो त्यो भने भोलिको दिनमा थाहा हुने विश्लेष हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*