बज्रबाराहीमा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचारप्रसार समिति गठन
मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीमा आईतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । नेपाली काँग्रेसको वडा ईकाइ सभापति कालिचरण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले लोकतान्त्रिक गठबन्धन मजबुत रहेको र अन्य शक्ति सँग नडराई अघि बढ्नुपर्ने, विचार ब्यक्त गरिन् । प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले लोकतान्त्रिक गठबन्धनको विरुद्द धेरै शक्तिहरु लगिपरेको बताए ।
कार्यालयको उद्घाटन केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार डीनाले गरेकी थिईन् । राप्रपाका थाहानगर अध्यक्ष हरेराम कार्कीले लोकतान्त्रिक गठबन्धनको यस चुनावी अभियान मा आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रमबाट नै केदार बहादुर जोशीको संयोजक र राप्रपाका शम्भुभक्त श्रेष्ठ सहसंयोजक रहनेगरी ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरिएको छ ।
