मार्खुमा काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, २६ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको वडा कार्यालय उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रम कुल बहादुर केबीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख अतिथ्यतामा भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिएकी छिन् । कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै इन्द्रसरोवर गाउँपालिका १ को वडा इकाइ सभापति जमान सिं वाइवाले उक्त क्षेत्रको बिकासका लागि अघि बढ्ने र समग्र बिकासमा सबैको सहयोग प्राप्त भएमा काम गर्न सहज हुने र बिकासले तिब्रता लिने बताए ।



