नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो

तु खबर संवाददाता
२०७४ कार्तिक २६, आईतवार १५:२१

हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ ।

हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ उम्मेदवार कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार डोरमणी पौडेल,प्रतिनिधसभा निर्वाचन परिचालन कमिटि सयोजक बद्रिप्रसाद लम्साल, प्रदेश सभा निर्वाचन परिचालन कमिटि सयोजक श्रीधर पोखरेल, सहसंयोजक बालकृष्ण चौलागाई समानुपातिक उम्मेदवार जुनेली श्रेष्ठ  र रामचन्द्र राईले मन्तव्य व्यक्त गरेको प्रवक्ता सुशील सुवेदीले बताए ।

कार्यक्रम वडा निर्वाचन परिचालन कमिटिका सहसंयोजक तथा माओवादी केन्द्र हेटौँडा ७ का अध्यक्ष ज्ञानबहादुर क्षेत्रीले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*