बसामाडी जेसिजद्वारा नेवारपानीमा स्वागत बोर्ड स्थापना

हेटौँडा,२६ कात्तिक । बसामाडी जेसिजको जेसिज सप्ताह आईतबारबाट सुरु भएको छ । सप्ताहको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नरनाथ सुबेदीले उद्घाटन गरेका छन् । समुद्घाटनकै अवसरमा हेटौँडा १९ नेवारपानीमा हेटौँडा उपमहानगरपालिका प्रवेश बोर्ड समेत स्थापना गरिएको मूल कार्यक्रम संयोजक शम्भुप्रसाद पराजुलीले जानकारी दिए ।
बोर्डको एकातर्फ हेटौँडा उपमहानगरपालिकामा स्वागत गरिएको र अर्कोतर्फ हेटौँडा उपमहानगरपालिका अवलोकन गर्नुभएकोमा धन्यवाद लेखिएको छ । समुद्घाटन कार्यक्रम जेसिजका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको हो । कार्यक्रमको संयोजन देबेन्द्र न्यौपानेले गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष अनिल अग्रवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मंसीर २ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रम अन्गर्तत भोलि नेपाल पत्रकार महासंघ टोलीसँग फुटसल प्रतियोगिता हुने पराजुलीले जानकारी दिए ।