एकिकृत पर्यटन विकासका लागि बानियाँको यस्तो योजना

तु खबर संवाददाता
२०७४ कार्तिक २५, शनिबार ११:०५

मकवानपुर, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र र मकवानपुरको पश्चिमी क्षेत्रमा एकिकृत पर्यटन विकासका लागि दुबैतर्फ लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन् । उनले चितवनको सौराह आएका पर्यटकलाई मकवानपुरको पश्चिमी क्षेत्रमा भित्र्याउन र यता आएका पर्यटकलाई सौराह पुर्याई पर्यटन प्रवद्र्धन गर्न एकिकृत पहलको खाँचो रहेको भन्दै यसका लागि लोकतान्त्रिक गठबन्धन तत्पर रहेको बताए । प्रकृतिसंग रमाउनेका लागि सौराह, मचान, कैलाश बैकुण्ठ, शिलाधुनी क्षेत्रका साथै कृषि पर्यटनका लागि हाँडिखोला विशेष महत्वको क्षेत्र रहेको समेत उनको भनाई थियो ।

मकवानपुरको रजैया, लामिटार, पदमपोखरी हुँदै हेटौँडा जोड्ने सडक र चितवनको भण्डारा हुँदै मकवानपुरको काँकडा शिलाधुनी, डाँडाबास हुँदै दामन सडक विस्तार गरी पर्यटन भित्र्याउन सकिने उनको भनाई थियो । उनले चितवन र मकवानपुरका जनताले आप्mनो जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई साथ दिने समेत दाबी गर्न भ्याए ।

कार्यक्रममा मनहरी गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक भरत पराजुलीसहित नेपाली कांग्रेस र राप्रपाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*