जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७४ कार्तिक २२, बुधबार १०:२९

बाँके, २२ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा बाँके जिल्लाको जानकी गाउँपालिका–२ बस्ने २० बर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवले गएराति नेपालगंज उपमहानगरपालिका–२० नयाँ बस्ती बस्ने २४ बर्षीया विवाहित महिलालाई घरमा कोही नभएको अवस्थामा शौचालय गर्न घर बाहिर निस्कीएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
पीडित महिलाले हो–हल्ला गरेपछि यादवलाई स्थानीय व्यक्तिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*