अविनाशको नेतृत्वमा बाम उम्मेदवार जिताउने समिति

हेटौंडा २१ कात्तिक ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ र १७ मा मंगलबार बाम गठबन्धनको अगुवा भेला सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको भेलाले वडा नम्वर १६ माओवादी केन्द्रका वडा अध्यक्ष अविनाश गजुरेलको संयोजकत्वमा पाँचसय सदस्यीय कमिटि निर्माण गरिएको छ । साथै वडा नम्वर १७ मा पनि रंगराज अधिकारीको संयोजकत्वमा पाँचसय सदस्यीय कमिटि गठन गरिएको छ ।
भेलामा बोल्दै प्रमुख अथिति एवम् बाम गठबन्धनको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ का उम्मेदवार समेत रहेका कृष्णप्रसाद दाहालले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष गजुरेलको अध्यक्षतामा भएको कार्यक्रम प्रदेशसभा १ (क) का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुलगायतका उपस्थिति रहेको थियो ।