मकवानपुरमा स्थानीयले लगाएको करिब ७ हजार कठ्ठा गाँजा प्रहरीद्वारा फँडानी

तु खबर संवाददाता
२०७४ कार्तिक २१, मंगलवार १२:४६
File Picture

मकवानपुर, २१ कात्तिक । मकवानपुर जिल्लाका ग्रामिण भेगमा लगाइएका करिब ७ हजार कठ्ठा जमिनमा लगाइएको गाँजाको ब्याड नष्ट तथा गाँजा फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिएको जानकारी अनुसार लागू औषध गाँजा खेती फँडानी गर्ने कार्य योजना अनुसार ३ चरणमा गरी जम्मा गाँजाको ब्याड अन्दाजी ४ सय ४३ कठ्ठा र लगाईएको गाँजा खेती (बोट) अन्दाजी ६ हजार ३ सय २४ कठ्ठा फँडानी गरिएको छ ।

मकवानपुर जिल्लाको उत्तर पश्चिममा अवस्थित राक्सिराङ गाँउपालिकाका विभिन्न क्षेत्रहरुमा अबैध रुपमा गाँजाको ब्याड तथा गाँजा खेती लगाइएको छ भन्ने सूचनाको आधारमा अबैध गाँजा खेती नष्ट र फँडानी गर्ने कार्य योजना अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा खेती फँडानी गरेको हो ।

भदौ ११ गते देखि भदौ १९ गते सम्म अबैध गाँजा खेती फँडानी गर्ने कार्य योजना अनुसार प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा ५६ जनाको प्रहरी टोलीले राक्सीराङ गाउँपालिकाको वडा नम्बर १ देखि ९ का बिभिन्न क्षेत्रमा अबैध रुपमा लगाईएको अन्दाजी ४ सय ४३ कठ्ठा गाँजाको ब्याड र २ सय ९२ कठ्ठा लगाईएको गाँजाको बोट खेती नष्ट गरेको थियो । त्यस्तै असोज २६ गते देखि असोज ३१ गते सम्म अबैध गाँजा खेती फडानी गर्ने कार्य योजना अनुसार प्रहरी निरीक्षक चित्र बहादुर घलेकै कमाण्डमा ६५ जनाको प्रहरी टोलीले सोही गाउँपालिकाको २,३,४,६,७,८ र ९ का विभिन्न क्षेत्रमा गरी २ हजार ५ सय १८ कठ्ठा गाँजा फँडानी गरेको थियो ।

त्यस्तै तेस्रो चरणमा पनि कात्तिक १२ गते देखि कात्तिक १७ गते सम्म प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा ९० जनाको प्रहरी टोली ७ दिनको लागि राक्सीराङकै वडा नम्बर १, ४, ६, ७, ८ र ९  का बिभिन्न क्षेत्रमा खटिएको थियो । उक्त टोलीले ३ हजार ५ सय १४ कठ्ठा गाँजा फँडानी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*