मकवानपुरमा प्रहरीले झण्डा झिकेपछि तनाव

तु खबर संवाददाता
२०७४ कार्तिक २१, मंगलवार ११:३५

मकवानपुर , २१ कात्तिक । मकवानपुरको हेटौँडा सिमाचोकमा प्रहरीले चुनाव प्रचारमा हिँडेका नेता कार्यकर्ताको सवारीमा राखिएको झण्डा झिकेपछि तनाव भएको छ ।


प्रहरीले बाम गठबन्धनको सवारीमा राखिएको झण्डा झिकेपछि केही बेर विवाद भएको हो । घटनास्थलबाट हाम्रा संवाददाताले दिएको जानकारी अनुसार रातो रङको गाडीमा नेकपा एमालेका प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठ र नेकपा माओवादी केन्द्रका केही नेता सवार थिए । तर सिमाचोकमा प्रहरीले गाडीलाई रोक्दै झण्डा निकालिदिएपछि विवाद भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*