१६-नम्बर-वडाका-अध्यक्ष-उम्मेदवार-गजुरेलको-घोषणा जेहेन्दार-विद्यार्थी-र-अपाङ्गता-भएकालाई-आफ

हेटौंडा उपमहानगराभित्रका अपाङ व्यक्तिहरुलाई खर्च गर्ने घोषणा गरेका %5 आफू निर्वाचित भएमा सरकारबाट पाउने सेवा सुविधा गरीव जेहेन्दार विद्यार्थी तथा वडाभित्रका अपाङ व्यक्तिहरुलाई खर्च गर्ने घोषणा गरेका छन् । आज पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गर्दै वडा अध्यक्षका उम्मेदवार गजुरेलले यस्तो घोषणा गरेका हुन् ।
वडाभित्रका जेहेन्दार तथा न्यून आर्थिक अवस्थाका बिद्यार्थीलाई आधा र अपाङ्ता भएको व्यक्तिको लागि आधा रकम सहायता स्वरुप उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएका छन् । साथै स्थानीय सरकारमार्फत् विद्यार्थी तथा अपाङ्गता भएकाहरुलाई सहुलियत हुने गरी आवश्यक काम गर्नेसमेत बताएका छन् । यो कुनै चुनावी नारा होइन, मैले प्रत्यक्ष भेटेर पीरमर्काको अनुभूति गरेको छु, उम्मेदवार गजुरेलले भने ।