हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु, वडा नम्बर १ को मतगणना हुँदै

हेटौंडा १, जेठ । हेटौंडा उपमहानगरपालिकामा हिजो भएको स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ ।
हिजो राति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने भने पनि ढिलागरी भर्खरै मतगणना सुरु भएको हो । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको छ ।