समाचार
रास्वपा सभापति रवि लामिछानेलाई केन्द्रीय कार्यालयमा भव्य स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालयमा फर्किएका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार उनलाई बाजागाजासहित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन् । भैरहवा कारागारबाट छुटेर शनिबार मात्र काठमाडौं आइपुगेका लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका थिए ।...
शेयर बजार निरन्तर ओरालो, लगानीकर्ताको मनोबल कमजोर
काठमाडौँ । शेयर बजारमा लगातार गिरावट देखिँदा लगानीकर्ता थप निराश बन्दै गएका छन् । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको देखिन्छ । घट्दो बजारले नाफाको अपेक्षामा बसेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ...
जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशभर शान्तिपूर्ण आन्दोलन घोषणा
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो । समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको पहिलो कार्यक्रमका रूपमा सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन...
नेपाल जेन-जी फ्रन्टद्वारा १३ सदस्यीय सल्लाहकार परिषद् गठन
काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना गतिविधिलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रगामी तथा परिवर्तनकारी अग्रज व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको जानकारी दिएको हो । नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा...
घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ...
पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई १७ वर्ष जेल सजाय
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई बहुमूल्य राज्य उपहारहरू अवैध रूपमा राखेको र कम मूल्यमा बेचेर नाफा कमाएको अभियोगमा पाकिस्तानी अदालतले १७ वर्षको जेल सजाय सुनाएको छ। शनिबार सुनाइएको फैसलाले वर्षौँदेखि चल्दै आएको ‘तोशाखाना’ प्रकरणलाई टुंग्याएको छ। अभियोग अनुसार खान दम्पतीले साउदी अरेबिया...
सेन्सर बोर्डले बनायो नयाँ कार्यबिधि, हट्यो पुराना ८ बुँदा
काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेबाट लागु भइसकेको छ । सेन्सर बोर्डका...
पूर्वप्रधानमन्त्री डा. भट्टराई आज भारत जाँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत जाने उनको सचिवालयले जानकारी दिएको छ । उनले भारतको शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई दक्षिण एसियाको लोकतान्त्रिक भविष्यस् युवा, प्रविधि र समावेशी लोकतन्त्र विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस बाहेक भ्रमणका क्रममा डा भट्टराईले...
मधेस प्रदेश सभामुख चयनका लागि आज निर्वाचन
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभा सचिवालयका अनुसार सत्तारूढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले) का प्रदेश...
राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबारदेखि शुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...










